शिखर इन्स्योरेन्सले पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार
काठमाडौं । शिखर इन्स्योरेन्सलाई सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधार सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ ।
हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ, नेपालमा ४२ औं विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो ।
किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई एयनएसएबिद्धारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार राशी प्रदान गरिएको थियो । स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनी इक्रा नेपालबाट ए रेटिङ प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनी समेत रहेको छ ।