अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी


काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो ।अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोर शौचालयको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रवक्ता शाहीले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं र चोरीमा संलग्नको खोजी भइरहेको छ,’ उनले भने । प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *