लक्ष्मी बैँक खुला गल्फ प्रतियोगिता शनिबार हुने


लक्ष्मी बैँकको आयोजनामा ‘लक्ष्मी बैँक ओपन गल्फ प्रतियोगिता २०२२’ शनिबार हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा ६० वर्ष माथि र १७ वर्षभन्दा कम उमेरका खेलाडीहरुसहित १ सय भन्दा बढी पुरुष र महिला गल्फरहरुको सहभागिता हुनेछ ।
प्रतियोगिताको विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता, उपविजेता, उत्कृष्ट ग्रस, महिला विजेता, ६० वर्ष माथिको विजेता उप–वजेता, विजेता अतिथि श्रेणी, जुनियर विजेताले पुरस्कार पाउनेछन् । त्यस्तै १० औं होलमा होल–इन–वनमा हुन्डाई कोना प्रदान गरिनेछ । त्यस्तै ५, ८, १३, १६ औं होलमा होल–इन–वनमा हिरो लेक्ट्रो एफ–६ आई इलेक्ट्रिक साइकल प्रदान गरिनेछ । लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता सन् २०१४ मा सुरु भएको बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *