चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई बागमती प्रदेश सरकारको निर्देशन


काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधिसभा एवम् प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
‘प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ,संस्थाहरुले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधिसभा एवं प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ । सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघ ,संस्थाहरुलाई यो सूचना जारी गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *