राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी छन् ।
कार्यक्रम रेक्जाभिकमा ८ देखि १० नोभेम्बरसम्म हुनेछ । कार्यक्रमको आयोजना वमन पोलिटिकल लिडर्स (डब्लुपीएल) आइसल्याण्ड सरकार र आइरल्याण्डको संसदले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
राष्ट्रपतिलाई आइसल्याण्डको विदेश मन्त्रालयका शिष्टाचार महापाल र डेनमार्कस्थित नेपाली दूतावासका उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीले रेक्जाभिक ग्लोबल फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नेछिन् ।