यूनाइटेड इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति पश्चात् आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।