सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने छु : नेता सिंह

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताए । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान गर्ने बताएका छन् ।

‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ उनले भने, थापाथलीस्थित बागमती नदी किनारको नजिकै बस्तीमा आज (आइतबार) आयोजित कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’

समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर काम गर्नुपर्ने भएको बताएका छन् । ‘सरकार र तपाईंहरुलाई पनि हुने गरीकन, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने ।

मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *