नबिल बैंकको १ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं । नबिल बैंकले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएको हुँदा उक्त शेयर बिक्री गर्ने बैंकले जनाएको छ । बैंकको उक्त संस्थापक शेयरमा संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् ।संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र बैंकको केन्द्रिय कार्यालय, तिनधारा विणामार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । उक्त समयावधि भित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *