गंगालाल हृदयरोग केन्द्रमा २० हजार ओपन हार्ट सर्जरी


काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी मुटु शल्यक्रिया गरेको छ । नेपालमा २०५८ भदौंबाट मुटुको शल्यक्रिया सेवा सुरू भएको थियो । सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसियाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ सय ३९ शय्याको माध्यमबाट सेवा दिइरहेको छ । मुटुशल्य चिकित्सा विभागीय प्रमुख डा. रामेश कोइरालाले हाम्रो जस्तो देशको लागि मुटु क्षेत्रमा ठूलो उपलब्धी भएको बताए । ‘दुई दशको हाराहारीमा मुटुको क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । केही छिमेकी देश अवस्थालाई हेर्दा नेपालले मुटु शल्यक्रियाको धेरै राम्रो काम गरेका छौं, डा. कोइरालाले भने । नेपालमा सरकारी र निजी गरेर २५ हजारको हाराहारीमा ओपन हार्ट सर्जरी भएको छ । गंगालालमै मात्रै एक वर्षको अवधिमा १ हजार ७ सयको हाराहारीमा ओपन हार्ट सर्जरी हुँदै आएको छ । यस्तै, अस्पतालले शल्यक्रिया नगरिकनै ७ वटा मुटुका भल्भ प्रत्यारोपण गरेको छ । मुटुको शल्यक्रिया काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मात्रै हुनेछन् । यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै ओपन हार्ट सर्जरी गर्ने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *