जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।  डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *