बुद्ध एयरले पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गर्दै


काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरेको हो ।यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष अनुमतिका लागि निवेदन दिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए ।
‘पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौं, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा,बनारस ,पोखरा, पोखरा,दिल्ली,पोखरा र पोखरा,देहरादुन,पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रनवेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *