राप्रपाको समानुपातिक सांसद चयन गर्ने तयारी, बैठक आज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । निर्वाचन आयोगले दलहरूलाई आज ४ बजेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *