संसदीय दलको नेता चयन पछि मात्रै सरकार गठनबारे छलफल हुने प्रचण्डको दावी

काठमाडौं । नेकपा (माओवादी केन्द) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि अध्यक्ष दाहालले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरुले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गरेका छन् । त्यसपछिमात्रै मात्रै सरकार गठनबारे छलफल हुने बताए ।

निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरुको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुने प्रचण्डको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *