इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च


काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी साधनबाट अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शो रुम सञ्चालनमा ल्याएको जनाएको छ । इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल विलिङ मोटर्स अन्तर्गत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेसियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको विलिङ एयर इभी कार लन्च गरेको छ । यी इलेक्ट्रिक गाडी बिभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका कम्पनीले जानकारी दिएको छ । कुल २००।३०० किलोमिटर माइलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्रिमा परेको विलिङ इभी टेस्लापछि दोस्रो नम्बरमा रहेको बताइएको छ । अब नेपालभरी नै इभी नेपाल मोटर्स बज्र ग्रुपले डिलर सञ्जाल बढाएर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *