विराटनगरमा खुल्यो हाजी आँखा अस्पताल


विराटनगर वडा १४ मा १० करोड रूपैयाँ लगानीमा हाजी आँखा अस्पताल सञ्चालन आएको छ । अस्पतालको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गरेपछि सो अस्पताल सञ्चालनमा आएको हो। सो अस्पतालमा जसपाका नेता तेजलाल कर्णसहित १० परिवारसहितको १० करोड रूपैयाँ लगानीमा शुरु गरिएको छ । अस्पताल भारतीय सीमा नजिकै रानीमा खोलिएको छ । सीमा नजिक अस्पताल खोलिएका कारण भारतीय नागरिकहरूले समेत सेवा लिन पाउने छन् । ५० शय्याको सो अस्पतालमा आँखाका दुईजना विशेषज्ञ चिकित्सक र ५० जना कर्मचारी रहने सञ्चालक तेजलाल कर्णले बताए । उनले सो अस्पताल प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वीकृत लिएर सञ्चालनमा ल्याएको जानकारी दिए । केही समयपछि यो अस्पताल ५ सय शैय्यामा बिस्तार हुने उनको दाबी छ । अस्पतालमा कोरिया र इटलीमा निर्मित अत्याधुनिक स्वचालित उपकरणहरूको सहयोगबाट आँखाको सम्पूर्ण उपचार गरिने लक्ष्य लिएको अस्पतालकका सञ्चालक शैलेन्द्र महतोले बताए । अस्पताल उद्घघाटनका क्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालमा सर्वसुलभ र गुणस्तरीय सेवा दिन सुझाव दिए । सो क्षेत्रमा यसअघिनै विराटनगर र विराट गरी दुईवटा आँखा अस्पताल खोलिएका छन् । त्यस्तै विराटनगरको मुख्य ठाउँ गोल्छामार्ग र बञ्जरा चोकमा पनि दुईवटा आँखा अस्पताल रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *