सगरमाथा इन्स्योरेन्स बन्यो दोश्रो उत्कृष्ट निर्जीवन बीमा कम्पनी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स दोश्रो उत्कृष्ट बीमा कम्पनी बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले सगरमाथालाई शिखर इन्स्योरेन्सपछिको उत्कृष्ट निर्जीवन बीमा कम्पनी घोषणा गरेको हो । यससँगै कम्पनीले दोश्रो बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड पाउन सफल भएको छ । सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीले उक्त अवार्ड पाएको हो । उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।