एनएमबि बैंकको स्वतन्त्र संचालकमा पाठक नियुक्त
काठमाडौं । एनएमबि बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । संचालक समितिको बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेको हो । पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श बैंकको डेपुटी सीईओको रुपमा कार्यरत थिइन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २९ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ ।