बैंकको सीईओ र संस्थापक बन्न भ्रष्टाचारको आरोप नलागेको व्यक्ति हुनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संस्थापकको नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको सीईओ तथा संस्थापक नियुक्तका लागि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति हुनु पर्ने व्यवस्था छ । यसअघि भ्रष्टाचारको आरोप लागेको व्यक्तिका विषयमा राष्ट्र बैंकले बोलेको थिएन । तर, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ शंसोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यस्तै, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको व्यक्ति पनि सीईओ बन्न पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको व्यक्ति भने सीईओ तथा संस्थापक बन्न पाउने छैन ।