द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न 


काठमाडौं । द ब्रिटिस कलेजले दोस्रो दीक्षान्त सामारोह २०२२ सम्पन्न गरेको छ । दोस्रो दीक्षान्त समारोहमा लिड्स बेकेक्ट युनिभर्सिटीबाट एमएससी आईटी उत्तीर्ण गरेका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ । दीक्षान्त समारोहमा द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेल, औद्यागिक सल्लाहकार, बोर्डका सदस्यहरु वीरेन्द्रराज पाण्डे, प्रचण्डमान श्रेष्ठ लगायतको उपस्थित रहेको थियो
कार्यक्रममा ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बीबीएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आईटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *