नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल


काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । काठमाडौंमा भएको ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका हुन् । यस्तै, भरत पुडासैनी र अनिश कावराले ३३२ रेन्ज निकालेका थिए भने तृप्ति सिंह र उदिप न्यौपानेले ३२१ रेन्ज निकाल्न सफल भएका थिए । टेस्टमा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकालेका थिए ।टेस्टमा प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले ४३ ईञ्चको सामसुङ स्मार्ट एलईडि टिभी, दोश्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन र तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर पाएका थिए । विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ सम्पन्न भएको हो । सिप्रदी ट्रेडिङको कार्यालय नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दरर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभी प्रयोगकर्ताको सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *