सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक र घरजग्गा बेच्दै


काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय हेटौंडाबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता भुक्तान नगरे ऋणी एवम् धितो जमानतकर्ताले बैंकमा राखेको धितो बिक्री गर्ने जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ्ग सम्पत्तिको रूपमा सकार गर्ने वा अन्य व्यवस्था गरी लेना असुल उपर गर्ने बैकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *