सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो
सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *