एनआइसी एशियाको सेवा दुई दिन अवरुद्ध हुने


काठमाडौं । एनआइसी एशिया बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि बैंकको सेवा अवरुद्ध हुने भएको हो । बैंकको अनुसार पुस ८ गते कारोबार समयपश्चात ९ गते शनिवार अपरान्ह सम्म बैंकिङ सेवा बन्द हुने छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ । बैंकले उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *