नबिल बैंकका ५ शाखा स्थानान्तरण हुँदै


काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका ५ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले पुस ११ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ । बैंकले काँडाघारी–२, मैतिदेवी–२, घोराही–२, धर्मपथ र कुमारीपाटी शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकले काठमाडौं कागेश्वरी मनहेरा नगरपालिका ९ मा रहेको शाखा भक्तपुर ठिमी नगरपालिका ७ ठिमीमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई काँडाघारीमा सारिएको छ ।
बैंकले काठमाडौं महानगरपालिका ३० मा रहेको शाखा महानगरपालिका ३२ नरेफाँटमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई मैतिदेवी शाखामा राखिनेछ । यस्तै, बैंकले घोराही उपमहानगरपालिका १५ घोराहीमा रहेको शाखा वडा नम्बर १० नारायणपुरमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई घोराहीमा राखिनेछ । यस्तै, बैंकले काठमाडौं महानगरपालिका २३ धर्मपथमा रहेको शाखा महानगरपालिका १८ भेडासिङमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता स्थानान्तरण भई महानगरपालिका २४ न्यूरोड खिचापोखरीमा राखिनेछ । ललितपुर महानगरपालिका ५ कुमारीपाटीमा रहेको शाखा महानगरपालिकाको १० चापागाँउमा स्थानान्तरण गर्ने भएको हो । उक्त शाखाको लकर तथा खाता कुमारीपाटीमा राखिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *