सरकार गठनका लागि छलफलमा जुट्दै देउवा, प्रचण्ड र माधव नेपाल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुट्दै छन् ।

नयाँ सरकार गठनका लागि प्याकेसमा सहमति खोज्न नेतात्रयबीच छलफल हुन लागेको हो ।

यसअघि, हिजो (बिहीबार) भएको तीन नेताको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका बताइएको छ । हिजो साँझ बालुवाटारमा भएको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।

स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने तीन नेताबीच सहमति भएको छ ।

“प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने भनेर जोडदार माग राख्नुभएको छ,” स्रोतले भन्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *