प्रचण्डको फेरि प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिन्छ ः ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिन हुने बताएका छन् । प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले अहिले अधिकतम प्रयास गरिरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको एक कार्यक्रममा उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताए । प्रचण्डले प्रधानमन्त्री हुने इच्छा व्यक्त गरिरहेको तर त्यो सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीको भनाइ छ । उनले अरूले पनि समयमा कदम नचाले देश मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने सम्भावना समेत औँल्याए ।
कतिपय जो इच्छा गरिरहेका छन्, पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर, उहाँले मलाई लाग्छ, ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाइ छ– आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जे जस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिँदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । त्यस्तै हुने अब उहाँको सम्भावना, सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने, उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदै छ । जाँदैन भन्न सकिँदैन । किनभने, सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला । अध्यक्ष ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो¥याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *