माछापुच्छ्रे बैंकको साधारण सभा पुस २९ गते


काठमाडौं। माछापुच्छ्रे बैंकले पुस २९ गते २४ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बसेको बैठकले सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। यो आर्थिक वर्ष अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय बैंकले गरेको थियो।सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी निर्णय गर्न तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गते पुस १५ गते शुक्रबार र १६ गते शनिबारसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन योग्य हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *