ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्ने भएका छन् ।

कांग्रेस गठबन्धनले संविधानको धारा ७६ को उपधारा २ अनुसार ठुलो दलको हैसियतले सरकार बनाउने पहल कदमी सफल नभएपछि आइतबार बालकोटमा एमालेसहितको गठबन्धन बनेर नयाँ सहमति भएको हो । सो सहमति अनुसार माओवादी अध्यक्ष प्रचण्ड अबको साढे २ वर्ष सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नेछन् भने त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

अध्यक्ष प्रचण्ड एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन् । बालकोट छलफलमा नेताहरूबीच तत्काललाई प्रचण्ड प्रधानमन्त्री बनाएर बाँकी पदहरुमा छलफल गर्दै अघि बढ्ने सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताए । 

तर नेताहरूबीच प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि राष्ट्रपति र समाभुख एमालेले राख्ने लगभग निश्चित भएको एमाले नेताहरूको भनाइ छ । ‘प्रचण्ड–ओली आलोपालो प्रधानमन्त्री बन्ने तथा राष्ट्रपति र सभामुख एमालेले राख्ने स्वाभाविक हो । यद्यपि त्यसबारे सहमति नै भएको भने होइन’, बालकोट बैठकमा सहभागी एमालेका एक नेताले भने, ‘बाँकी पदमा समर्थन गर्ने दलहरुलाई पनि दिनुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *