देउवाले गठबन्धनको सहमति अस्वीकार गरेपछि नयाँ सरकार बन्यो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले पहिल्यै भएको सहमती तोडेपछि गठबन्धन टुटेको बताएका छन् ।
आज (आइतबार) विहानसम्म प्रचण्ड, कांग्रेस सभापति देउवासँग वार्तामा नयाँ सरकारवारे छलफलमा जुटेका थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नमानेपछि माओवादीले गठबन्धन तोेडेर एमालेसँग सहकार्य गरेको हो । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ ।
प्रचण्डले देउवा एक साताअघि भएको सहमतिमा टिक्न नसकेकाले नयाँ परिस्थिति सिर्जना भएको प्रचण्डको भनाइ ।‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ उनले भने, हिजो आएर