र,आखिरमा मर्ने,तल झर्ने त शासक नै त हुन,जनता हैनन्
“नए किरदार आते जा रहे हैं
मगर नाटक पुराना चल रहा है ।” राहत इंदौरी,भारत ।
“लोग नये नये आ रहे हैं, रिवायते सब पुरानी हैं ,
किरदार बदल गये ,कहानी नाटक की पुरानी है ।” प्रवीण चतुर चतुरबेदी,हिन्दुस्तान,सन २०२२।
“अत्याचारों के होने से,
लोहू के बहने चुसने से,
बोटी बोटी नुच जाने से,
किसी देश या किसी राष्ट्र की
कभी नहीं जनता मरती है१
सब देशों में सब राष्ट्रों में
शासक ही शासक मरते हैं
शोषक ही शोषक मरते हैं।
किसी देश या किसी राष्ट्र की
कभी नहीं जनता मरती है १ ” केदार नाथ अग्रवाल,जनकवि,भारत जनता’ शीर्षकको कविताबाट।
“किसी को घर से निकलते ही मिल गई मंजिल,
कोई हमारी तरह उम्र भर सफर में रहा । –अहमद फराज ,भारत।
१ अहमद फराजको उपरोक्त सायरी पढेर मैले २०७९ पूष ०९ गते सर्वसाधारणको हैसियतले जीवन भरी राजनीतिक सफर–यात्रामा लागेका रामचन्द्र पौडेलज्यू राष्ट्रपति र प्रचण्ड प्रधान मन्त्रीहुनु पर्ने भनेर सामाजिक सञ्जालमा लेखेको थीएँ ।
२ भद्र सहमति थियो की संबिधान जारी पछि खड्ग प्रसाद ओली प्रम हुने भनेर । तर,एक शालीन र भद्र सुशील कोइरालाज्यूलाई ओली बिरुद्ध उठाइयों कसैको निर्देशनमा हो वा लहलहैमा । पुष ०९ गते च्यासलमा ओलीज्यूले निकै जिम्मेवार तवरले बोल्नु भएको थियो–ओलीज्यूको बोली र अंध्यारों मुखले मैले उहाँको चाहना प्रचण्ड प्रम हुन भन्नेप्रति थियो भन्ने आँकलन गरेको थिएँ ।
३ अहिले प्रचण्डलाई प्रम छोड़दा पछि गगनले प्रम हत्याउन सक्छन भनेर प्रम शेरबहादूरज्यूको कान कसैले फुकी पो दियो की ? गिरिजा प्रसाद कोइरालाज्यूलाई राष्ट्रपति बनाउन ठिक्क परेका प्रचण्डलाई बिहानै अव बावुरामलाई राष्ट्रपति बनाउनु पर्छ भनेर सन्देश लिएर सन्देश बाहक आएझैं झैं गरि रामचन्द्रलाई–सिटौलालाई–पूर्ण बहादुर खडकालाई हैन अरुलाई राष्ट्रपति बनाउने भनेर पो फेरि कुनै सन्देशबाहक पो आएका पो थिए की ?
ओलीज्यूलाई सुशील कोइरालाज्यूले थवक्क स्वभाविक रुपमा प्रम सुम्पिएकोे भए उहाँको उचाई अझ बृद्धि हूने थियों भन्ने बहस त्यसबेला चलेको नै थियो । नेका भित्र अनुभवी र परिपक्क नेता त त्यतिबेला पनि थिए र अहिले पनि पूर्ण बहादुर खड्का–कृष्ण प्रसाद सिटौला–रामचन्द्र पौडेल–मिन बहादुर विश्वकर्मा–दिलेन्द्र प्रसाद बडु–प्रकाशमान सिंह जस्ता पुराना नेताहरु पनि त थिए नै । अहिलेको अबस्था २०७२ कै भयो । ईष्र्या डाह तथा कुण्ठा लिनु पर्दैन देशभित्र स्वनिर्णय लिन नसक्नु काँग्रेसकै कमजोरी हो । ढुलमुलेपन हो ।
४ ल ठीक छ जेभयो राम्रो भो ः अरु बामलाई पनि समेटेर बाम एकताको ढोका फेरि खुल्यो–प्रचण्डलाई पनि अब देखि समयमा निर्णय लिन स्थिर हुने तथा सुधरीने अवसर मिल्यो । र, काँग्रेसले समयमा आफ्नो बिबेकलाई झन प्रज्वलित बनाउनु पर्नेमा अझबढ़ी आशक्ति,ढुलमुलेपन र आफ्नो देशभित्रको शक्तिभन्दा अन्तैतिर डुल्ने मनको सुमसूमयाईंले बलेको बिबेकको बत्ती निभाऊँदो रहेछ । प्रष्ट भयो । अब फेरि त्यस्तो नहोस, औडाहाका कुण्ठाहरु आक्रोशमा नबदलिउन अस्थिरताको अपजस बोक्नलाई । र, मैले गत मंशिर १२ गते सामाजिक सञ्जालमा लिपुलेकको मुद्धा उठाएको भनेर सुशील कोइरालाज्यू र सिंहमेय जयते भन्ने हिम्मत गेरेकोमा ओलीज्यूलाई मैले नेतृत्व–लीडर मानेकाहरु मध्ये दुई जना पनि हुन है भनेर राखेको थिएँ । भारतले मन नपराएका उपेन्द्र तथा प्रचण्डलाई भारतले मन पराएका ओलीको नियनत्रणमा राख्न ओलिलाई नै अगाडि बढाएर अहिले प्रचण्डलाई स्थान दिलाउन लाएर राजनीतिक खेलाडीको भूमिकामा ओलीलाई स्थापित गराएको भारतले नै हो भनेर हल्ला फिंजाउन प्रयत्न गरेपनि ओलीज्यूले जिम्मेबार नेताको भूमिका निभाउनु भो, अब माधवज्यूलाई वा रामचन्द्रज्यूलाई पनि राष्ट्रपति बनाउनु होस, हुक्के बैठके चिलीमे हात मुसारेको कुरा न सुन्नु होस, पहिले माधबज्यूलाई भेटनूस मान्नु भएन भने रामचन्द्रज्यूलाई भेटनूस, उहाँले पनि नमाने सिटौलाज्यूलाई भेटनूस–साँच्ची त महन्तज्यू पनि रहर गर्नु भएमा बिचार गर्नुहोस है ।
५ अहिले नेपाली जनताले की रबी–की गगन– की शेखर– की प्रचण्ड–की राजेन्द्र नै प्रम होऊन भन्ने चाहेका थिए भन्ने बहस आजदेखि चिया पशलमा शुरू भो । जती अत्याचार गरेपनी,मिहनत गर्दै रगत पसीना चुहाउने जनताको रगत पसीना वा मासू नै लुछेपनी, जनताको आवाज दबाउन दमन नै गरेपनी कुनै पनि देश–राष्ट्रका जनता हार्दैनन् मर्दैनन र कहिले तल झर्दैनन । हार्ने भनेका त शासक नै हून शासक भन्ने छरलङ्ग हुँदैछ । २०४६ सालको परिवर्तन पछि छोटो अबधिकों अपबाद बाहेक अहिलेसम्म हामीले नेपाली शासकहरू जनता भएको देखिएन । त्यसैले जनता हुन नसक्दा शाशकहरु हारेकै छन चाहे २०५१ को पूर्ण बहुमतमा हओस चाहे २०७७ को दुई तिहाइमा होस ।
६ साशनमा जो जो बसेपनि तलका कुराहरु मनमा राखेर पुरानो नाटक छोडेर जनमनलाई बुझेर देश –लोक कल्याणका काम गरेर साशन गर्नु हओस । बधाई शुभकामना
जुन देशमा वर्गसङ्घर्षप्रति इमानदार कम्युनिस्ट पार्टी छैन,त्यहाँ सङ्घीयताको खास अर्थ हुँदैन ।
–राम कार्की,नेकपा –माओवादी केन्द्र
राष्ट्रलाई बचाउने जिम्मेबारी सवैको हो । राष्ट्रियताको सशक्त अभिव्यक्ति जनताबाटमात्र हुन्छ । विदेशी प्रभावबाट राष्ट्रियताको सञ्चितिलाई धमिल्याउने कोशिस हुनसक्छ ,त्यसबाट बच्ने कोशिस गर्नुपर्छ । राष्ट्रियताको ढुकढुकी अनुरुप राजनीति गरेमा अनन्त शक्ति प्राप्तहुन्छ । हिन्दुस्तानसँग मिल्दैमा चिनविरोधी हुनैपर्छ भन्ने जरुरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने भारत विरोधी हुनुपर्ने छैन । भारतसँग सवभन्दा नजिकको,चिनसँग नजिकको सम्बन्ध रहनुपर्छ । रुष र अमेरिका टाढा छन् तर पनि यी देशसँग पनि सम्बन्ध हुनुपर्छ ।,समाजबादीहरुले उपनीबेशमा रहेका राष्ट्रहरुको स्वतन्त्रता आन्दोलनको पक्ष लिनुपर्छ । नेपालले तटस्थ एवं असंल्गन परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ । मलाई भारतमा सहज थिएन । – बीपी कोईराला
हामी आफ्नै दोषले गिर्छौं र आफ्नै गुणले उठ्छौं भन्ने तथ्यलाई सदा सम्झी आफ्ना खराब दोषहरू हटाउन र असल गुणहरू बढाउन हामी सधैं तत्पर रहन सकौं । –स्व.श्री ५ महेन्द्र,२०२० साल माघ १२ गते, धरान ।
बीपीबाट हरेक नेपालीले राष्ट्रियताको पाठ सिक्न सक्छ । दक्षिण एशियामा शान्ति स्थापनाको निम्ति शान्तिक्षेत्र नेपाल एक योगदान हुनेछ । –स्व.श्री ५ वीरेन्द्र, १ माघ २०३४ ।
नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं, नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसंग सधैं हामीले गर्दै आएको यही आग्रह हो – पूर्व श्री ५ ज्ञानेन्द्र
बिराटनगर बासी स्वतन्त्र लेखनमा संल्गन लेखक नेपाल सरकारका पूर्व सिडिओ हुन, सम्पर्क ९८२३४१७८९७