कर्पोरेट क्लब नेपालले सिद्धार्थ बैंकलाई सम्मान


काठमाण्डौं । सिद्धार्थ बैंक ुद एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२ु बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ुएचआरएम–कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसनु को विधामा उक्त अवार्डबाट सम्मान गरिएको बताएको छ। उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका हुन्। 
आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ। सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा ४ एक्स्टेन्सन् काउन्टर सहित , २१५ एटिएम, ११८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *