दाइजोसम्बन्धी मुद्दामा डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा


काठमाडौं ।  नेहा चौधरीको दाइजोसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले उनका पति डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले शुक्रबार पंकजलाई थुनामा राख्न आदेश दिएको हो । नेहाले दाइजोको नाममा आफूविरुद्ध हिंसा भएको दाबीसहित मुद्दा दायर गरेकी थिइन् । नेहाले श्रीमान पंकज र उनको परिवारका सदस्यविरुद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् । पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *