नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार आजबाट सुरू गरेका छन् । दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । त्यस्तै, मेगा बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेण्ट बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ ।
यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब मेगा बैंकको १०० कित्ता सेयर हुनेहरूको घटेर ९० कित्ता हुनेछ । यसरी इन्भेष्टमेण्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको हो । मर्जर पछि बैंक सञ्चालक समितिको अध्यक्षको रूपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *