महालक्ष्मी विकास र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता


काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले ‘सामसङ डिजिटल प्लाजा’ को दरबारमार्ग, बानेश्वर, बौद्ध चुचेपाटी, भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले ‘सामसङ प्लाजा’ बाट ‘कञ्जुमर इलेक्ट्रोनिक्स’ हरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्मा र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *