डा.भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर विज्ञापन गर्ने विरुद्ध प्रहरीको खोजी


काठमाडौं । डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर औषधिको विज्ञापन गर्नेलाई प्रहरीले खोजिरहेको डा. भगवान कोइरालाले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. कोइरालाले सो बताएका हुन् । ‘अनुमति बिना मेरो फ़ोटोको दुरुपयोग गरी कुनै उपचार सामाग्रीको सामाजिक संजालमा बिज्ञापन गर्ने ब्यक्तीलाइ प्रहरीले अनुसन्धान गर्दैछ , डा. कोइरालाले फेसबुकमा उल्लेख गरेका छन् ।
फेसबुकमा चेथसेरा नामक ह्यान्डलबाट डा. कोइरालाको फोटो राखेर फुट फंगसको उपचार गर्ने भनी प्रचार गरिएको छ । सो प्रचारमा आफ्नो फोटोको प्रयोग अनुमति नभएको डा.कोइरालाको स्टाटसले बताउँछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *