नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै


काठमाण्डौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडेको छ। एयरलाइन्सले यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो। एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो। एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ। त्यस्तै, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको बताएको छ। केही साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगमको टिकट वितरणलाई अनलाइन बनाउन निर्देशन दिएका थिए। मन्त्री किराँतीको निर्देशनपछि निगमले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *