सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोनको प्रि–अर्डर खुल्यो
सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यसका लागि कम्पनीले यि स्मार्टफोनहरूको प्रि–अर्डर समेत खुला गरेको छ। सामसङ ग्यालेक्सीमा भएको एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ स्वतन्त्रता प्रदान गर्ने कम्पनीले बताएको छ। ग्राहकहरूले प्रि–अर्डरका लागि वेबसाइट क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन्। साथै, आफ्नो नजिकको सामसङ फोन स्टोरहरूमा गएर पनि नयाँ फोनको बुकिङ गराउन सकिनेछ। फोनको अग्रिम बुकिङ फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने कम्पनीको भनाइ छ। मासिक ६ हजार ४ सयमा शून्य प्रतिशत ब्याजमा पनि यो फोन खरिद गर्न सकिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँदै आएको छ।
















