रास्वपाका ३ मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका २ मन्त्री र १ राज्यमन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
जसअनुसार रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् । नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट सांसद पद खारेज गरिएका रास्वपाका सभापति लामिछानेले केही दिनदेखि नै गृह मन्त्रालय पाउनुपर्ने अडान राख्दै आए पनि सत्ता घटक प्रमुख दलहरू तयार नहुँदा उनको पार्टीका मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *