कामना सेवा विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरेको छ। बैंकको उक्त सभाले असोज ७ गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर समेतका लागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही नगद लाभांश बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा असोज २६ गतेदेखि कनेक्ट आईपीएस मार्फत् पठाएको जनाएको छ।

यदि कुनै शेयरधनीले आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएको भए यथाशीघ्र गर्न आग्रह समेत गरेको छ। असोज ७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा भने ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा ऋण फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने जनाएको छ। सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर भने नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि मात्रै डिम्याट खातामा जम्मा गरिने बैंकले बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *