एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो । कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ । खेलको हिमालय स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुनेछ । अनलाइनखबर डटकमले पनि बल बाई बल अपडेटसहित विशेष कभरेज गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *