सेलिब्रेटीको रोजाइ चांगान नेभो क्यू०५
काठमाण्डौं । सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइ बन्न थालेको छ। गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयुभीप्रति थप चासो बढेको छ। आफ्नो प्रतिभा, शैली र विशिष्ट पहिचानमार्फत दर्शकको मन जितेका यी सेलिब्रिटीको छनोटले नयाँ ब्रान्डप्रतिको विश्वासलाई बल दिएको छ। उनीहरूको रोजाइले चांगान नेभो क्यू०५ को ए क्लास अबभ अर्थात् आफ्नो श्रेणीभन्दा एक कदम माथिु भन्ने नारालाई परिचित अनुहार र वास्तविक प्रयोगसँग जोडेको छ। भावपूर्ण गीतका लागि परिचित गायक तथा गीतकार स्वप्न सुमन र अभिनेत्री एवं मोडल ज्योत्सना योगीको व्यक्तित्वमा सिर्जनशीलता र सौम्य आकर्षणको संगम देखिन्छ। उनीहरूको सार्वजनिक छवि क्यू०५ को आधुनिक डिजाइन र दैनिक यात्रामा सहजता प्रदान गर्ने विशेषतासँग मेल खान्छ। कबड्डी ४ लगायतका चलचित्रमा आफ्नो अभिनयबाट दर्शकको मन जितेकी मिरुना मगरले चांगान नेभो क्यू०५ को ग्राहक समुदायमा अर्को विशिष्ट व्यक्तित्व थपेकी छन्।
पर्दामा उनको प्रभावशाली उपस्थितिलाई सडकमा आत्मविश्वासी देखिने र भित्र आरामदायी वातावरण दिने क्यू०५ सँग जोडेर हेर्न सकिन्छ। जेरीबाट नेपाली चलचित्रमा प्रवेश गरेकी आना शर्मा र लिलिबिलीबाट अभिनय यात्रा सुरू गरेकी जसिता गुरुङ नयाँ पुस्ताका प्रतिभाशाली अभिनेत्री हुन्। उनीहरूको रोजाइले क्यू०५ को डिजाइनमा आधारित पहिचानलाई युवा आकर्षण प्रदान गर्दै आधुनिक मनोरञ्जन र जीवनशैलीका आकांक्षासँग जोडेको छ। यी व्यक्तित्वहरूले क्यू०५ को सुरुवाती यात्रालाई सर्वसाधारणका लागि थप चासोपूर्ण बनाएका छन्। यो आकर्षणलाई गाडीका विशेषताले पनि आधार दिएका छन्। नेभोको सार्वजनिक विवरणअनुसार चांगान नेभो क्यू०५ मा बाहिरी आकार छरितो भए पनि २,७३५ मिलिमिटर ह्विलबेस र ८६.६ प्रतिशत भित्री स्थानको उपयोगका कारण फराकिलो क्याबिन उपलब्ध छ। यसको डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा विकसित गरिएको हो। सन्तुलित बनावट डिजिटल विङ २.० लाइटिङ र आंशिक रूपमा लुकाइएका ढोकाका ह्यान्डलले गाडीलाई विशिष्ट रूप दिएका छन्। प्रविधिमा पनि क्यू०५ ले आफ्नो स्थान बनाएको छ। यसमा सीएटीएल ब्याट्री सेलसँग चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ। उपयुक्त अवस्थामा करिब १५ मिनेटमै ब्याट्री ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। १२० किलोवाट मोटर, १४.६ इन्च टचस्क्रिन र वायरलेस स्मार्टफोन कनेक्टिभिटीले यसको विशेषता थप समृद्ध बनाएका छन्। सार्वजनिक भएको छोटो अवधिमै चर्चित व्यक्तित्वहरूको रोजाइ बन्नु नेभोका लागि उत्साहजनक सुरुवात भएको बताइएको छ। चांगान नेभो क्यू०५ अब गाडीका विशेषतामार्फत मात्र होइन, यसलाई रोज्ने व्यक्तित्वहरूमार्फत पनि आफ्नो पहिचान बनाउँदैछ। यससँगै ए क्लास अबभ को वाचा सडकमा देखिने अनुभव बन्न थालेको छ।

















