उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति
काठमाडौं । सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत बनाउने दिशमा सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकार्यलाई अझ मजबुत ढंगले अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
उक्त बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको जानकारी दिएका छन् । उनका अनुसार ‘आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएकाल आगामी दिनमा नियमित रुपमा भेटवार्तालाई निरन्तरता दिनु आवश्यक रहेको छ । बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनको भनाइ छ ।
अध्यक्ष लिङदेनका अनुसार रास्वपाभित्र विविध किसिमका समस्याहरु रहेको छन ती समस्याको हल पश्चात रास्वपा सरकारमा आउन सक्ने भएको छ । यसका लागि निरन्तर छलफल जारी रहेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल नभएको उनले जानकारी दिए ।