गगनको दाबी- १० दिनभित्रमा एमाले गठबन्धन भत्केर कांग्रेसको नेतृत्वमा बन्छ

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले आज (सोमबार) रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले फागुन १० गतेसम्म एमाले नेतृत्वको गठबन्धन परिवर्तन भइसक्ने बताए । उनले भेन, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’

उनले कांग्रेस नेतृत्वको गठबन्धन बन्ने र कांग्रेसको राष्ट्रपति बन्ने उनले बताए । उनले भने, ‘नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्नेछ । राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुनेछ ।’

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने भन्दै सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने उनको दाबी थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *