माओवादीले औपचारिक रुपमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउन निर्णय गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने उल्लेख गरेको छ ।
सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बनेको अवस्थमा नेपालको राजनैतिक अवस्थामा झन खलबल आउने भएकाले अस्थिरतातिर ढल्कने संकेत बढेपछि यस्तो निर्णय गरेको हो । माओवादीका एक उच्च नेताका अनुसार सो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केहीदिनमै गर्ने भएको छ ।
‘सो बैठकको मिति तय नभपनि फागुन १०को अन्तरालमा औपचारिक निर्णय आउन सक्ने उनले बताए । स्थायी कमिटीको बेठक अघि पनि पधाधिकारी बैठक बस्न सक्ने संभावना रहेको उनको भनाइ रहेको छ ।
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा निश्चित जस्तै भएको स्रोतले जनाएको छ ।
माओवादी स्रोतका अनुसार अबको सहमति फेरबदल नहुने र राष्टिय सहमति जस्तै हृने भएको छ । नयाँ सरकारपछि गठबन्धनभित्र विभिन्न मतभेदका कारण अरु पाटीभन्दा विश्वासिलो ठुलो पाटी नेपाली कांग्रेस नै भएकाले अबको निर्वाचनमा राष्टपतिको पद कांगे्रसलाई नै हुने बुझिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ। त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णयमा पुगेको हो ।
एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने पर्याप्त संकेत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउन लागेको माओवादीका अर्का नेताको भनाइ छ ।
एमाले सहितको गठबन्धनबाट अगाडि बढ्न नसकिने भएपछि माओवादी केन्द्रले यस्तो निर्णमा पुगेको हो ।
स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान गठबन्धन बनेदेखि अफ्ठ्यारोमा परेका छन् ।