आठ दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौँ । आठ दलले बनाएको कार्यदलको बैठक आज सिंहदरबारमा बस्ने भएको छ । बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

कार्यदलको संयोजक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् भने कार्यदलमा अरू ७ दलबाट एक-एक जना सदस्य छन् ।

कार्यदलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका एक एक नेताहरू रहेका छन्।

कार्यदलले राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल गर्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *