जनयुद्ध दिवस खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस परेको छ । अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । रिट अध्ययन गरी दर्ता गर्ने वा नगर्ने निर्णय भोलि मात्र हुने उनले बताए । जनयुद्ध दिवसुका नाममा सार्वजनिक विदा दिने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो । केही समूहले विरोध प्रदर्शन नै गरेका थिए । नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । माओवादीले २०५२ देखि २०६२–०६३ को जनआन्दोलनसम्म सशस्त्र संघर्ष गरेको थियो ।