बारा २ मा राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने
काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सघाउने भएको छ । यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो । वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी निर्णय गर्ने कुरो आएन। उनले स्थानीय जनताको माग आफू बारा २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।