१८ जना सहसचिवको सरुवा को –कहाँ ?

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १८ जना सहसचिवको सरुवा गरेको छ। सरुवाको सुचिअनुसार सामन्यको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैरे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मी– सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङ– श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र उक्त मन्त्रालयका सुरेश राउत– गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा.नरहरिप्रसाद घिमिरे–कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उक्त मन्त्रालयमा कार्यरत डा.लेखराज दाहाल– कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी डा.सुधा देवकोटा– कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र त्यहाँका अनुज भट्टचन– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायणप्रसाद शर्मा– कर्णाली प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्ण प्रसाद सापकोटा– राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गाना– वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपकराज नेपाल– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोदप्रसाद देवकोटा– उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनी– वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको सामान्यका प्रवक्ता एवं सहसचिव कमल भट्टराईले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *