जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान
सप्तरी । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई ९ वर्षमा पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ ।
जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए ।
सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।