सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिममा ३ सय जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको हो । शिविरमा अत्तरिया अस्पतालका डा. आनन्द पाठक, डा.अनिश कुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।